काठमाडौं । सरकारले आगामी बर्षका लागि वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८०–८१ का लागि सो रकम बराबरको बजेट विनियोजन भएको हो ।
बजेटमा वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइने उल्लेख छ । संरक्षित क्षेत्र र सामुदायिक वनलाई पर्यापर्यटकीय गन्तव्यका रूपमा विकास गरिने समेत उल्लेख छ ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत सङ्घ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षणको गुरुयोजना कार्यान्वयन गरिने अर्थमन्त्री महतले बताए । यसअन्तर्गत जल र जमिन संरक्षण गर्न बाँस रोपण, रिचार्ज पोखरी, गल्छी, पहिरो नियन्त्रणलगायत कार्यक्रम सञ्चालनमा सो रकम खर्च हुनेछ ।