काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीबायोटीक्स र खाद्यपूरक औषधिको प्रेस्किप्सन अडिट गर्ने निर्णय गरेको छ। मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गर्दै प्रेस्किप्सनको अडिट गर्ने निर्णय कार्यान्वयनमा ल्याउन उपचारात्मक महाशाखालाई पत्राचार गरेको छ।
‘हाल प्रतिजैविक औषधिहरु सजिलै उपलब्ध हुने गरेको र उक्त औषधिको दुरुपयोग भइ विभिन्न समस्याहरु समाना गर्नु परेको यथावत नै छ। साथै अनावश्यक रुपमा खाद्यपूरक औषधिहरुको पनि बढी मात्रामा बिक्री वितरण गर्ने गरेको हुँदा उक्त औषधिहरुको दुरुपयोग हुनलाई र यसबाट उत्पन्न समस्याहरुको रोकथामका लागि सम्बन्धित परिषदहरुसँग समन्वय गरी प्रेस्किप्सन अडिट गर्नुहुन मंगलबारको सचिवस्तरको निर्णयअनुसार जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयले उपचारात्मक महाशाखालाई लेखेको पत्रमा उल्लेख छ।
