काठमाण्डौ । आज थप २२६ जना कोरोनाका नयाँ संक्रमित पुष्टि भएको छ । यो वृद्धि २४ घण्टा भित्रमा भएको अहिलेसम्मकै बढी हो।
यो संगैं कुल संक्रमितको संख्या १७९८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये २२१ जना उपचारपछि घर गएका छन् भने ८ जनाको मृत्यु भएको छ।
यस्तो छ कोरोना संक्रमणको प्रदेशिक विवरण ।
प्रदेश १ का ९ जिल्लामा १६८ जना
प्रदेश २ सबै ८ जिल्लामा ६९४ जना
बाग्मति प्रदेशका १२ जिल्ल्ला ४६ जना
गण्डकी प्रदेशका ६ जिल्लामा २६ जना
प्रदेश ५ का १० जिल्लामा ६२१ जना
कर्णाली प्रदेशका ५ जिल्लामा १९८ जना
सुदुर पश्चीम प्रदेशका सबै ९ जिल्लामा ४५ जना रहेका छन् ।