• शनिबार, साउन ९ २०८३

लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान


बुधबार, साउन १७ २०८०
2.7K
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।

प्रदेशमा लम्पी स्किन रोगको बढ्दो संक्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सप्ताहव्यापी खोप अभियान सुरु गर्ने तयारी गरेको हो ।

मन्त्रालयले साउन २५ गतेदेखि ३१ गतेसम्म प्रदेशको १३ जिल्लामा एकै पटक खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । खोप अभियान अन्तर्गत प्रदेशका करिव ४० हजार गाई भैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने मन्त्रालयको लक्ष्य छ ।

अभियान मन्त्रालय अन्तर्गत रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु मार्फत सञ्चालन गरिने बताइएको छ ।

लम्पी स्किन रोग झिँगा, लामखुट्टे, किर्ना जस्ता किराको टोकाईबाट सर्ने उक्त रोगका कारण गाईभैंसीमा अत्यधिक ज्वरो आउने, दानापानी नखाने, छालामा गिर्खा आउने लगायतका लक्षणहरु देखापर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार