काठमाण्डौ — प्रदेश २ मा सोमबार ८२ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै प्रदेश २ मा कुल संक्रमितको संख्या ६ सय ९५ पुगेको छ ।
सोमबार सर्लाहीमा ३८ जना, रौतहटमा १८ जना, सप्तरीमा १२ जना, धनुषामा ७ जना, सिरहामा ५ जना र महोत्तरीमा २ जना नयाँ संक्रमित थपिएको प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाएको छ ।