• शनिबार, साउन ९ २०८३

‘नझुक्किनुस् मौसमी श्रम स्वीकृती दिइएको छैन’

सिजनल भिषाको प्रलोभन देखाई ठगी गर्ने बढे


मंगलबार, साउन १६ २०८०
1.1K
Shares

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी श्रमिकका रूपमा वैदेशिक रोजगारीमा श्रमिक पठाउन श्रम स्वीकृति नदिइएको स्पष्ट पारेको छ ।

पछिल्लो समय मौसमी श्रमिकका नाममा विभिन्न देशमा पठाउने प्रलोभन देखाई ठगी भएको पाइएको भन्दै श्रम मन्त्रालयले विज्ञप्तिमार्फत मौसमी श्रमिकलाई कुनै पनि देशमा जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नदिइएको प्रस्ट पारेको हो ।

केही समययता मौसमी श्रमिक विभिन्न देशमा पठाउने भन्दै ठगी बढेपछि मन्त्रालयले विज्ञप्तिमार्फत मौसमी श्रमिकका रूपमा जान कोहीकसैलाई पनि पैसा नबुझाउन र कोहीकसैले यस्तो प्रलोभन देखाएमा खबर गर्नसमेत अनुरोध गरेको छ ।

दक्षिण कोरियालगायतका देशमा मौसमी श्रमिकका रूपमा पठाउने भन्दै पछिल्लो समय रकम उठाउने र एजेन्टहरू फरार हुने क्रम बढेकाले त्यसप्रति सचेत रहनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै वैदेशिक रोजगारीमा जान विभागबाट जारी श्रम स्वीकृतिबाहेक अन्य कुनै कागजातमा वैदेशिक रोजगारीमा कुनै पनि देश नजान पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यसका साथै विभिन्न एजुकेसन कन्सल्टेन्सी तथा ट्राभल एजेन्सीले समेत वैदेशिक रोजगारीको प्रलोभन देखाउने र ठगी गर्ने क्रम पछिल्लो समय बढेको छ ।

ट्राभल एजेन्सी र कन्सल्टेन्सीमार्फत सरकारले रोजगारीका लागि खुला नगरेका देशमा समेत नेपाली पुगिरहेका छन् । वैदेशिक रोजगारीमा श्रमिक पठाउन विभागसँग इजाजत लिएका म्यानपावर कम्पनीले मात्र पाउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार