• शनिबार, साउन ९ २०८३

विवेकशील साझाले प्रकाशन गरेको साँस्कृतिक मानचित्र उपराष्ट्रपतिलाई हस्तान्तरण


मंगलबार, साउन १६ २०८०
1.1K
Shares

काठमाडौं । विवेकशील साझाले प्रकाशन गरेको “ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र” उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई हस्तान्तरण गरिएको छ ।

अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय ईतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझा पार्टीले प्रकाशन गरेको “ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र” उपराष्ट्रपति यादवलाई हस्तान्तरण गरिएको हो ।

पार्टी अध्यक्ष समिक्षा वास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, महासचिव रञ्जु दर्शना, प्रवक्ता आशुतोष प्रधान र केन्द्रीय सदस्य नवराज थापा सम्मिलित टोलीले उपराष्ट्रपति यादवलाई गौरवमय साँस्कृतिक मानचित्र हस्तान्तरण गर्दै अभियान शुरु गरेको जनाएको छ।

एशियाको प्राचीन राष्ट्र नेपालको सुगौली सन्धि अगाडीको भू–भाग र वर्तमान भु-भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथा देखि वौद्ध स्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन्।

गौरवमय इतिहासमा “मानसरोवरदेखि गंगा मैदान” सम्मका धरोहरलाई नक्सांकन गरिएको छ। धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काईएको विवेकशिल साझा पार्टीका प्रवक्ता आशुतोष प्रधानले जानकारी दिए ।

सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालाहरुलाई स्मरण गराउने अभियान बमोजिम यो अभियान थालिएको विवेकशील साझा पार्टीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार