काठमाडौँ । सर्वाधिक चासोमा रहेको संघीय शिक्षा ऐनको मस्यौदा मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुने भएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऐनको मस्यौदा पेश हुने र मन्त्रिपरिषद्ले पारित गर्ने सम्भावना छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट तयार पारेर मन्त्रिपरिषद्कै विधेयक समितिमा रहेको मस्यौदा मंगलबार पेश हुन लागेको बताइएको छ ।
सम्भवतः मंगलबारकै मन्त्रिपरिषद् बैठकले मस्यौदा पारित गर्नेछ । र त्यसपछि आवश्यक छलफल र पारितका लागि संघीय संसदमा पेश हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो आइतबार समाजवादी विधार्थी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मंगलबारको मन्त्रिपरिषद् बैठकबाट ऐनको पारित हुने बताएका थिए ।
‘प्रधानमन्त्रीको हैसियतले भन्न चाहत्छु, मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पहिलोपटक संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउँदैछौं,’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए।