• आइतबार, साउन १० २०८३

दरबार हत्याकाण्ड १९ वर्ष पूरा, रहस्य गर्भमै


सोमबार, जेष्ठ १९ २०७७
960
Shares

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह सहित वंश विनास भएको थियो ।

हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको हत्या भएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए।

घटनाको छानबिन गर्न तत्कालीन सरकारले गठन गरेको समितिले तयार पारेको प्रतिवेदनले युवराज दिपेन्द्रले परिवारका अन्य सदस्यहरुलाई गोली हानी हत्या पछि आफैलाई गोली हानेको भनेर ठहर गरेको थियो। तर यसलाई धेरैले पत्याएका छैनन् । उच्च सुरक्षा घेराभित्र भएको हत्याकाण्ड कसले र किन ग‍र्यो भन्ने विविध आशंका बिच वास्तविकता अझै रहस्यकै गर्भमा छ।

वीरेन्द्रको वंश नाशपछि ज्ञानेन्द्र शाहले सम्हालेपछि राजतन्त्र धेरै समय टिक्न सकेन । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा ज्ञानेन्द्र अलोकपृय मात्र बनेनन् दलहरु एक ठाउमा आएर २०६२÷६३ को दोस्रो जनआन्दोलन पश्चात ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र अन्त्य भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । गणतन्त्र स्थापना पछि देशमा ११ वटा फरक सरकार बने पनि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार