काठमाडौं । सरकारले देशभरि फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न ३ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले तीन तहको सरकारको समन्वयमा निजी क्षेत्रलाई समेत साथ लिएर कार्ययोजना बनाउने निर्णय गरेको हो ।
कृषि, पशुपंक्षी विकास मन्त्रालयका एक अधिकारीका अनुसार लम्पी स्किन रोगविरुद्धको खोप व्यवस्थापनलाई उच्च प्राथमिकता दिने निर्णय पनि केन्द्रीय अनुगमन समितिले गरेको छ । यस्तो कामको नेतृत्व कृषि मन्त्रालयले गर्ने भएको छ ।
लम्पीको संक्रमणका कारण बाच्छाबाच्छी, दुहुनो र सुत्केरी अवस्थाका पशुहरु मर्ने क्रम रोकिएको छैन ।