• शनिबार, साउन ९ २०८३

एमबिबिएस पढ्नेलाई गाउँपालिकाले तीन लाख छात्रवृत्ती दिने


आइतबार, साउन १४ २०८०
5.4K
Shares

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले एमबिबिएस पढ्न चाहाने विद्यार्थीलाई जनही ३ लाख उपलब्ध गराउने भएको छ । जेहेन्दार भएर पनि आर्थिक कारणले एमबिबिएस पढ्न नसक्ने विद्यार्थीलाई मध्येनजर गरी उक्त कार्यक्रम ल्याइएको बारपाक सुलिकेट गाउँपालिकाले जनाएको छ । तर पढिसकेपछि भने ३ वर्ष गाउँपालिकाको कुनै पनि अस्पतालमा सेवा गर्नुपर्ने छ ।

गाउँपालिका भित्र भएका सम्पूर्ण विद्यार्थीहरुका लागि विद्यालय शिक्षा (+ २) सम्म अनिवार्य र निःशुल्क दिने घोषणा पनि गरेको छ । बारपाक बहुप्रविधिक शिक्षालयलाई आवास सहित थप व्यवस्थित बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

यस्तै लागत साझेदारी आधारमा एक शिक्षक एक ल्याटप कार्यक्रम लागु गरिने भएको छ । गाउँपालिका विभिन्न समुदायहरुले बोलिने विभिन्न प्रकारका भाषाहरुको संरक्षणका लागि तथा प्रवद्र्धन गर्नका लागि पाठ्यक्रम निर्माण गरि लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । शहिदका बालबच्चा, दन्द्धपीडित,आपाङ्गता भएका, टुहुरा, अतिबिपन्न परिवारका वाल बालिका छनौट गरि प्रविधिक शिक्षा पढ्नको लागि छात्रवृति दिने गाउँपालिकाले जनाएको छ ।

शिक्षकहरुलाई विषयगत तालिम प्रदान गर्ने र विद्यार्थीहरुको प्रतिभाको खोजीका लागि सुलिकोटको प्रतिभा खोजी अभियान कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।

बारपाक सुलिकोट गाउँपालिका असार १० गते सार्वजानिक गरेको नीति तथा कार्यक्रममा अन्य कुराहरु पनि समेटिएका छन् । नेपाल सरकारले तोकेको निःशुल्क औषधी वितरणलाई प्रभावकारी बनाउने, हुडिफाँडमा निर्माण भइरहेको १५ शैयाको सहिद प्रेम ढकाल स्मृति ढकाल अस्पताल यथाशिघ्र निर्माण सम्पन्न गर्ने भएको छ ।

‘बारपाक सुलिकोटको चेली : उपाध्यक्ष कोशेली’ मार्फत गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार नियमित प्रदान गरिने भएको छ । प्रत्येक वडामा कम्तिमा १ पटक बिशेषज्ञ सहितको स्वास्थ्य शिबिर सञ्चालन गर्ने, १ वडा १ एम्बुलेन्स सेवा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका सम्पूर्ण नागरिकहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराउने, प्रेसरका रोगहिरुलाई निरन्तर जाँचको व्यवस्था गर्ने गाउँपालिकाकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार