• शनिबार, साउन ९ २०८३

मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध


आइतबार, साउन १४ २०८०
1.1K
Shares

चितवन- चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि आइतबार बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो ।

पानी परिरहेको र लेदो बगिरहेको बाटो पन्छाउन समस्या भइरहेको छ ।

पानी पर्न र लेदो खस्न छाडेपछि बाटो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा राखिएको छ ।

शनिबार पनि सोही स्थानमा केही समय सडक अवरुद्ध भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार