• शुक्रबार, साउन ८ २०८३

नेपालको बाघ संरक्षणमा गैरसरकारी संस्थाहरुले सहयोग गर्नुपर्छ : वनमन्त्री महतो


आइतबार, साउन १४ २०८०
1.7K
Shares

काठमाडौँ ।  वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् । उनले बाघको संख्या गत वर्ष नै दोब्बर बनाएर अन्तर्राष्ट्रिय समुदायमाझ नेपालले छुट्टै पहिचान बनाएको उल्लेख गर्दै अब त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ, संस्थाहरुले सहयोग गर्नुपर्ने बताएका हुन् ।

विश्व बाघ दिवसको अवसर पारेर शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महतोले बाघको संख्या बढाउने काममा नेपालले विश्वमाझ नै प्रशंसा पाएपनि त्यसको संरक्षण कार्य चुनौतीको रुपमा उभिएको भन्दै त्यस क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरुले बाघ संरक्षणमा सहयोग गर्नुपर्ने उनले बताए ।

बाघ, हात्ती लगायतका वन्यजन्तु खाना नपुगेपछि बस्ती पस्ने गरेकाले उनीहरुलाई बासस्थानमै उचित खानपानको व्यवस्था गर्न पनि त्यस क्षेत्रमा कार्यरत संस्थाहरुले त्यसको संरक्षणको क्षेत्रमा लगानी गर्नुपर्ने उनको तर्क थियो । नेपालमा पछिल्लो समय बाघ, हात्ती लगायतका वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढ्दै गएको स्मरण गराउँदै मन्त्री महतोले त्यसलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्नेमा जोड दिए । उनले गैर सरकारी संस्थाहरुले नेपालको आवश्यकताअनुसार लगानी गर्ने काम गर्नुपर्ने पनि बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार