• शुक्रबार, साउन ८ २०८३

डेंगुले महामारीको रूप लिने खतरा, कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं जाेखिमकाे पाँचौं स्थानमा


शुक्रबार, साउन १२ २०८०
1.6K
Shares

काठमाडौ । डेंगुले देशैभरि महामारीको रूप लिने खतरा बढ्दै गएकाे छ । वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २०२३ जुलाई २४ सम्म ६९ जिल्लामध्ये सुनसरीमा सबैभन्दा बढी अर्थात् २ हजार ५ सय ४२ जनालाई डेंगु लागिसकेको छ ।

जनवरीमा ६ जना डेंगुका बिरामी देखिएकोमा डेंगुका बिरामीको संख्या जुन महिनामा ६ सय ६७ र जुलाईमा मात्र १ हजार ८ सय ६२ जना पुगेको थियो ।

त्यसै गरी काठमाडौंबाट नजिकै रहेको धादिङ जिल्ला यतिबेला डेंगु संक्रमणको हिसाबले दोस्रो जिल्लाका रूपमा रहेको छ । धादिङ जनवरीमा २ जनामा डेंगु देखिएकोमा जुलाई २४ सम्म पुग्दा डेंगु संक्रमितको संख्या ४ सय १ पुगिसकेको छ ।

डेंगुको उच्च संक्रमण रहेका १० जिल्लामा सुनसरी, धादिङ, कास्की, दार्चुला, काठमाडौं, संखुवासभा, म्याग्दी, कन्चनपुर, रूपन्देही र मोरङ रहेका छन् । जसमा काठमाडौं पाँचौं स्थानमा रहेको छ ।

प्रदेश स्तरमा कोशीमा २ हजार ७ सय ५४, वागमतीमा ६ सय ६७ जना, गण्डकीमा ३ सय ५४ जना, सुदूरपश्चिममा ३ सय १६ जना, लुम्बिनीमा १ सय ६६ जना, मधेस प्रदेशमा २२ जना र कर्णालीमा २० जना डेंगुका संक्रमित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार