• शनिबार, साउन ९ २०८३

नमुना प्रतिक्षालय टोलको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा ढुंगाना चयन


बुधबार, साउन १० २०८०
1.4K
Shares

गोरखा । गोरखा नगरपालिका ८ मा रहेको नमुना प्रतिक्षालय टोल विकास संस्थाको अध्यक्षमा राजन ढुंगाना चयन भएका छन् । बुधबार सम्पन्न संस्थाको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनबाट ढुंगाना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनबाट संस्थाको उपाध्यक्षमा सुवास मरहट्टा, सचिव सिर्जना ढकाल, सहसचिवमा महिबुब मियाँ र कोषाध्यक्षमा मञ्जु थापा चयन भएकी छिन् । यसैगरी कार्यसमिति सदस्य सविता अधिकारी र प्रमिला श्रेष्ठ सर्वसम्मत चयन भएको बताइएको छ ।

अधिवेशनले सरोज अर्यालको संयोजकत्वमा ३ सदस्यिय सल्लाहकार समिति र दिनेश थापाको संयोजकत्वमा ३ सदस्सिय लेखा समिति समेत चयन गरेको छ । सल्लाहकार समितिको सदस्यमा मोहसिन अलि मियाँ र विद्या मास्के तथा लेखा समिति सदस्यमा टेक नारायण गिरी र हरेन्द्र शाहलाई चयन गरेको संस्थाले जनाएको छ ।

संसथाका अध्यक्ष मोहसिन अलि मियाँको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष ऋषिराम खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमकै अवसरमा संस्थाले नि वर्तमान वडाध्यक्ष कृष्ण बहादुर केसीलाई सम्मान समेत गरेको छ ।

संस्थाको स्थापनाकालदेखि टोल क्षेत्रको विकास निर्माण र बिभिन्न सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै संस्थाले उनलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरेको जनाएको छ ।

कार्यक्रममा वडाध्यक्ष ऋषिराम खत्रीले वडाको विकासमा टोल विकास संस्थाको भूमिका उल्लेखनीय हुने भन्दै सबैलाई एकतावद्ध भएर सहकार्य र समन्वय गर्न आह्वान गरे ।

त्यस्तै उनले आफ्नो योजना र जनताको मागलाई अघि बढाउन सिमित स्रोत साधन र बजेट बाधक बनेको बताए । वडाको विकास निर्माणको जग बसिसकेको बताउदै उनले क्रमिक रुपमा त्यसलाई अघि बढाउन वडा कार्यालय प्रतिवद्ध रहेको बताए । वडाध्यक्ष खत्रीले साना टुक्रे योजनाले विकासमा खासै प्रभाव नपार्ने भएकाले त्यस्ता योजनालाई प्राथमिकतामा नराखेको समेत जानकारी दिए ।

कार्यक्रममा बोल्दै निवर्तमान वडाध्यक्ष कृष्ण बहादुर केसीले वडालाई समृद्ध बनाउने अभियानमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए । जनप्रतिनिधी जनताको सेवक रहेको उल्लेख गर्दै उनले सबै ब्यक्तिगत र राजनैतिक स्वार्थबाट मुक्त हुनुपर्ने बताए । आफ्नो कार्यकालमा वडाको विकास निर्माणको जग बसेकाले त्यसलाई अघि बढाउन वर्तमान वडाध्यक्षलाई अनुरोध समेत गरे ।

त्यस्तै कार्यक्रममा सदर हरमटारी टोल विकास संस्थाका अध्यक्ष निलकुमार खनालले विकासका लागि गरभरीका टोल एक जुट हुनुपर्ने राय ब्यक्त गरे । उनले १४ वटै वडामा रहेका टोल विकास संस्थाको सञ्जाल निर्माण गरी समग्र नगरको समृद्धीका लागि लाग्नुपर्ने बताए ।

यसैगरी शिव टोल विकास संस्थाका अध्यक्ष बद्री पोखरेलले ढल निकास, सडक पेटिका ब्यवस्थापन, खानेपानी, सरसफाई लगायतका बिषयमा वडा र नगरपालिका गम्भिर हुनुपर्ने बताए ।

अधिवेशनको बन्दसत्रमा सचिव राजन ढुंगानाले साँगठनिक तथा सम्पन्न गतिविधी तथा कोषाध्यक्ष सिर्जना ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नमुना प्रतिक्षालय टोल विकास संस्थामा करिब ३५ घरधुरी आवद्ध रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार