• आइतबार, साउन १० २०८३

धरानमा डेंगुले जेठयता ७ जनाको ज्यान लियो


बुधबार, साउन १० २०८०
945
Shares

काठमाडौं ।  जेठ देखि फैलिएको डेंगुका कारण धरानमा ७ जनाको ज्यान गएको छ ।

हालसम्म धरानमा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

डेंगु नियन्त्रणका लागि धरान उपमहानगरको टोलीले धरानको बढी डेंगु प्रभावित वडाहरु ११, १५, १६, १७ र १८ मा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाइरहेको छ ।

डेंगु संक्रमित भई उपचारका लागि आउने बिरामीहरुको बढ्दो चापलाई मध्यनजर गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धरान उपमहानगरपालिकाको सहकार्यमा डेंगु वार्ड सञ्चालनमा ल्याइएको थियो ।

पछिल्लो समय सुनसरी लगायत आसपासका जिल्लामा डेंगुका बिरामि बढ्दै गएर प्रतिष्ठानमा बिरामीको चाप बढेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार