काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले स्वेच्छाले गरेको चिकित्सा शिक्षा अन्तर्गत प्रमाणपत्र तहको भर्ना तथा सिट निर्धारणको निर्णय नसच्याए चिकित्सा शिक्षा आयोगले कारबाही गर्ने चेतावनी दिएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को जवरजस्ती रूपमा अपव्याख्या गरी सीटीईभीटीले प्रमाणपत्र तहमा नयाँ सम्बन्धन दिने, विद्यार्थी भर्ना तथा सिट निर्धारण गर्ने र प्रबेश परिक्षा लिने गरेपछि आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गरी सो निर्णय नसच्याए कारबाही गर्ने चेतावनी दिएको हो ।
