• शनिबार, साउन ९ २०८३

एउटा विषयको परिक्षामा अर्कै प्रश्नपत्र परेको सम्बन्धमा त्रिविले छानबिन गर्ने


मंगलबार, साउन ९ २०८०
1K
Shares

काठमाडौँ । सोमबार सञ्चालित मानविकी संकाय अन्तर्गत तेस्रो वर्षको ऐच्छिक विषय इतिहास अन्तर्गत इन्टरडक्सन टु टुरिजम डेभलपमेन्ट विषयको परीक्षा प्रश्नपत्र फरक परेको विषयमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले छानबिन गर्ने भएको छ ।

पनिकाले छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक विज्ञप्ति जारी गर्दै यो विषयमा विस्तृत छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने बताएका हुन् ।

९ वटा प्रश्न रहेको प्रश्नपत्रमा ६ वटा प्रश्न भारतसँग सम्बन्धित रहेको र ति प्रश्न पाठ्यक्रममा नरहेकोले विद्यार्थीले परीक्षा नदिने अडान लिएपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अर्को प्रश्नपत्र पठाएर परिक्षा सञ्चालन गरेको थियो ।

ऐच्छिक विषय इतिहास अन्तर्गत ‘इन्ट्रोडक्सन टु टुरिज्म डेभलपमेन्ट’ विषयको परीक्षा सञ्चालन गर्दा प्राविधिक त्रुटिका कारण २०८० असार २८ गते सम्पन्न भइसकेको ‘हिस्ट्री अफ मोडर्न इण्डिया’ विषयको प्रश्नपत्र समावेश भएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार