काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय व्यवस्थापन समिति भंग वडाअध्यक्षको अध्यक्षतामा समिति बनाउने निर्णय गरेकोमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले संघर्ष गर्ने भएको छ ।
महासंघले अभिभावकहरुको प्रत्यक्ष सहभागितामा विद्यालय व्यवस्था समिति चयन हुनुपर्ने भन्दै विज्ञप्ति निकालेर महानगरको निर्णयको विरोध गरेको हो ।

त्यस्तै राजधानिमा सोमबार आयोजित अन्र्तक्रिया कार्याक्रममा महासंघले संघर्षका साथै कानुनी उपचार पनि खोज्ने अध्यक्ष गुणराज मोक्तानले बताए । सिता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ ।
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा रहेका विद्यालय व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको थियो ।
महासंघले काठमाडौँ महानगरलाई ज्ञापनपत्र समेत बुझाइएको छ । उनीहरुले महासंघमार्फत उपमेयर सुनिता डंगोललाई ज्ञानपपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै अभिभावकमार्फत मात्रै व्यवस्थापन समिति चयन हुने व्यवस्था मिलाउन माग गरिएको छ ।