• आइतबार, साउन १० २०८३

भारतबाट घर फर्किँदै गरेका यात्रु बाेकेकाे गाडी बाँकेमा दुर्घटना, मृतकको संख्या १२ पुग्यो


सोमबार, जेष्ठ १९ २०७७
1.1K
Shares

बाँकेमा आइतबार मध्यराति गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ, २१ जना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी-२ स्थित ठुरिया जंगलमा राति १२ बजेतिर हाइस गाडी दुर्घटनामा परेकाे हाे।

बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएकाे हाे। 

दुर्घटनामा ११ जनाको घटनास्थलमै र १ जनाकाे उपचारका क्रममा मृत्यु भएको छ भने २१ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ। 

बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार मृतकमा ११ पुरुष र १ महिला छन्।

२१ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। घाइतेमध्ये २० पुरुष र १ महिला छन्। 

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार