काठमाडौं । कान्तिपुर पब्लिकेसन्समा कर्मचारी कटौतीको बिषयलाइ लिएर का वितरण विभागका कर्मचारी आन्दोलनमा उत्रदा पब्लीकेसन बाट प्रकाशन हुने कान्तिपुर र द काठमाडौं पोस्टको बितरण प्रभावित बनेको छ ।
कर्मचारीले भोको पेटले पत्रिका वितरण गर्न नसक्ने बताएका छन् भने पब्लिकेसन्सले करार अनुसारनै निर्णय भएको जनाउदै आन्दाेलनले सूचना पाउने नागरिकको अधिकार खण्डित भएको बताएको छ ।
कान्तिपुर संघर्ष समितिले कान्तिपुर र द काठमाडौं पोस्ट पत्रिका केन्द्रीय कार्यालय थापाथलीमा थुपारिदिएका छन् भने माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
यस अघि पब्लिकेसन्सका विभिन्न चार संघ-संगठनले सात बुँदे माग अघि सारेका थिए ।
यस्ता छन् सातबुँदे माग

पछिल्लो आर्थिक बर्षको विबरण अनुसार ठुलो घाटा ब्याहेर्नु परेको जनाउदै पब्लीकेसन्सले खर्च कटौती गर्न स्थायी बाहेकका कर्मचारी कटौती गर्न थालियो त्यसमा पनि वितरण विभागका ठुलो संख्यामा र अन्यमा ३३ प्रतिशत कर्मचारी कटौती पब्लिकेसन्सले थाल्यो । यस अघि निश्चित महिनाको तलब लिएर स्वेच्छिक अवकासको योजना ल्याएको थियो ।
कर्मचारीले स्वेच्छिक अवकास लिएर छाड्न नमानेपछि प्रशासनले असार मसान्तमा नविकरण गर्नुपर्ने कर्मचारीको नवीकरण नगरेर बिदा गर्ने गरी साउन लागेपछि ४० कर्मचारीलाई करार अवधि सकिएको भन्दै पत्र दियो ।
पछिल्लो तीन महिनादेखि कान्तिपुरमा तलब नियमित नभएको गुनासो कर्मचारीहरुले गरेका छन् । जेठ महिनाको तलब पनि असार मसान्तमामात्र दिइएको थियो । केहीले अझै पनि जेठ महिनाको तलब नपाएको गुनासो गरेका छन् ।