काठमाण्डाै । श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह २०८०’ नामक पुस्तक सार्वजनिक गरिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले याे पुस्तक सार्वजनिक गर्दै श्रमसँग सम्बन्धित फैसला प्रकाशनका रूपमा आउनु महत्वपूर्ण भएको बताए ।
श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले श्रमसँग सम्बन्धित कानुन र अदालतबाट भएका फैसलासम्बन्धी खोज र अध्ययन गर्न सहज होस भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरेको जानकारी गराए । उनले बिदामा नबसी अहोरात्र खटेर काम गरेको जानकारी दिनुभयो । पछिल्लो समय श्रम अदालतमा मुद्दाको सङ्ख्या बढदै गएको उनकाे भनाइ छ ।
श्रम अदालतका न्यायाधीश निशा बानियाँले सर्वोच्च अदालत र श्रम अदालतले गरेका महत्वपूर्ण ५० वटा फैसलाको सङ्ग्रह पहिलो पटक प्रकाशन गरेको बताए। श्रम अदालत २०५२ सालमा एक न्यायाधीशले मुद्दा हेर्ने गरी र २०७७ सालदेखि तीन सदस्य न्यायाधीशबाट मुद्दाको सुनुवाइ भइरहेको छ ।