• शनिबार, साउन ९ २०८३

कोरिया गएर फर्किइ पुनः जान चाहाने हरुकाे भाषा परीक्षा भदौमा


सोमबार, साउन ८ २०८०
895
Shares

काठमाण्डौं । दक्षिण कोरियामा काम गरी वैधानिक रूपमा फर्किएका र पुनः कोरिया जान चाहने नेपाली कामदारका लागि भाषा परीक्षा सञ्चालन भदौमा हुने भएको छ ।

सन २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा (सिबिटी) सञ्चालन गर्न लागिएको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले जनाएको छ । इपिएस शाखाका अनुसार कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले परीक्षा सञ्चालन गर्ने छ ।

इपिएस कोरिया शाखाका अनुसार इपिएस अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र १ जनवरी २०१० पछि भिसा अवधिभित्रै स्वेच्छिक रूपमा नेपाल फर्किएकाले मात्र पुनः रोजगारीका लागि अवसर पाउने भएका छन् ।

यो परीक्षा पास गरेपछि पुनः कोरिया जाने कामदारलाई वैधानिक बाटो खुल्नेछ । एचआरडीबाट प्राप्त नाम समावेश भएकामध्ये इच्छुक नेपाली कामदारले आवेदन दिन सक्ने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार