• शुक्रबार, भाद्र १९ २०८३

त्रिविमा स्थानियको एक महिनादेखि तालाबन्दी: अझै सहमती जुटेन


सोमबार, साउन ८ २०८०
990
Shares

काठमाडौं । स्थानियको तालाबन्दीमा रहेको त्रिविका उपकुलपति, रजिष्टार र रेक्टर को गेटमा लगाएको ताला एक महिना पुग्दा समेत खुल्न सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७ गते देखि लगाएको ताला लगाएका थिए ।

यस विचमा पटक पटक बार्ता भए पनि सहमति जुट्न सकेको छैन ।

संघर्ष समितिले २०७२ असारमा तत्कालीन उपकुलपति प्रा.डा. हिराबहादुर महर्जन र पदाधिकारीबीच भएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न दवाव दिएको हो । यस विचमा बार्ता भएर ७ बुँदे सहमती भए पनि कार्यान्वयनको बिषयमा स्थानिय विश्वस्त नहुँदा ताला खुल्न सकेको छैन ।

संघर्ष समितिले त्रिविले प्रयोग गरेको जग्गाको मुआब्जा दिनुपर्ने, त्रिविमा शिक्षण अस्पताल निर्माण गर्नुपर्ने, त्रिविले हडपेको जग्गा फिर्ता लिनुपर्ने, त्रिवि सभामा कीर्तिपुरवासी मध्येबाट पदेन सदस्यको रूपमा मनोनयन गर्नुपर्ने, जग्गा अधिकरणमा परेका स्थानियका छोराछोरीलाई छात्रवृति उपलब्ध गराउने, विभिन्न निकायले हडपेको जग्गा त्रिविले आफ्नो नाममा ल्याउनुपर्ने लगायतका माग राखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार