काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफु मातहतका कार्यालयमा निजामती तथा स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीहरु कार्यालय आए नआएको अनुगमन गर्न महानिर्देशक तथा सबै अस्पताललाई निर्देशन दिएको छ ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालय (सचिवस्तर) को मिति २०८०।०४।०७ को निर्णयअनुसार सबै महानिर्देशक र अस्पतालहरुलाई निर्देशन दिएको हो ।
विज्ञप्तिमा महानिर्देशक तथा सबै अस्पताललाई सम्बोधन गर्दै त्यहाँ मातहत कार्यरत रहेका स्वास्थ्य सेवा तथा निजामती सेवा तर्फका सम्पूर्ण कर्मचारीहरू नेपाल सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित रहे नरहेको सम्बन्धमा कार्यालय प्रमुखबाट नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्न भनिएको छ ।
समय समयमा मन्त्रालयले पनि अनुगमन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
