• मंगलबार, कार्तिक ४ २०८३

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु को उपचारका लागि छुट्टै वार्ड संचालनमा


आइतबार, साउन ७ २०८०
1.9K
Shares

काठमाडौं । फैलिदै गएको डेंगु रोग नियन्त्रणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु वार्ड सञ्चालनमा ल्याइएको छ ।

डेंगु संक्रमित भई उपचारका लागि आउने बिरामीहरुको बढ्दो चापलाई मध्यनजर गरी धरान उपमहानगरपालिकाको सहकार्यमा प्रतिष्ठानमा आइतबारदेखि छुट्टै डेंगु वार्ड संचालनमा ल्याइएको हो
।

पछिल्लो समय सुनसरी लगायत आसपासका जिल्लामा डेंगुका बिरामि बढ्दै गएर प्रतिष्ठानमा बिरामीको चाप बढेको छ । आइतबारसम्म प्रतिष्ठानमा  ८ सय १९ जनामा ६१५ जना मा डेंगु संक्रमण देखिएको छ। जुन ७५ प्रतिशत हुन आउछ ।

प्रतिष्ठानको धर्मशालाको पूर्वपट्टीको कोभिड अस्पताल भवनमा तीस बेडको छुट्टै डेंगु वार्ड संचालनमा ल्याइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार