• आइतबार, साउन १० २०८३

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु को उपचारका लागि छुट्टै वार्ड संचालनमा


आइतबार, साउन ७ २०८०
1.8K
Shares

काठमाडौं । फैलिदै गएको डेंगु रोग नियन्त्रणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु वार्ड सञ्चालनमा ल्याइएको छ ।

डेंगु संक्रमित भई उपचारका लागि आउने बिरामीहरुको बढ्दो चापलाई मध्यनजर गरी धरान उपमहानगरपालिकाको सहकार्यमा प्रतिष्ठानमा आइतबारदेखि छुट्टै डेंगु वार्ड संचालनमा ल्याइएको हो

पछिल्लो समय सुनसरी लगायत आसपासका जिल्लामा डेंगुका बिरामि बढ्दै गएर प्रतिष्ठानमा बिरामीको चाप बढेको छ । आइतबारसम्म प्रतिष्ठानमा  ८ सय १९ जनामा ६१५ जना मा डेंगु संक्रमण देखिएको छ। जुन ७५ प्रतिशत हुन आउछ ।

प्रतिष्ठानको धर्मशालाको पूर्वपट्टीको कोभिड अस्पताल भवनमा तीस बेडको छुट्टै डेंगु वार्ड संचालनमा ल्याइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार