• शनिबार, साउन ९ २०८३

शिक्षा ऐन जारी गर्न दवाव स्वरुप सडक बहस


शुक्रबार, साउन ५ २०८०
1.1K
Shares

काठमाडौँ । नयाँ शिक्षा ऐन जारी गर्न दवाब दिदै नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) सडक बहस गरेका छन् ।

संयुक्त विद्यार्थी आन्दोलनले बिहीबार माइतीघर मण्डलामा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियनका इन्चार्ज एवं नेपाल समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य मानुसी यमी भट्टराईले शिक्षा ऐन तत्काल जारी गरी शिक्षा क्षेत्रको बेथिति अन्त्य गर्न सरकारसँग माग गरिन् ।

त्यसैगरी विवेकशिल पार्टीका उपाध्यक्ष रन्जु दर्शनाले शिक्षा ऐन पारित गर्न पुराना राजनीतिक दल तयार नभएको बताइन् ।

शिक्षा ऐन जारी गराउन निरन्तर खबरदारी गर्न अर्को आन्दोलनको कार्यक्रम चाडै सार्वजनिक गर्ने नेपाल समाजवादी विद्यार्थी युनियनले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार