काठमाडौं । बेलायतमा रोजगारीका लागि जान चाहने नर्सका लागि श्रम तथा रोगगार मन्त्रालयले अनलाइन आवेदन खुला भएको छ ।
बिहीबारदेखि खुला गरेको आवेदन ११ अक्टोबरसम्म खुला रहने छ । यसका लागि https://ferms.dofe.gov.np/auth/login मा लग इन गरेर आबेदन दिन सकिने छ ।
कस्ता नर्सले दिन पाउँछन् आवेदन ?
१. पासपोर्टको म्याद कम्तीमा एक वर्ष रहेको ।
२. मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स, बीएस्सी नर्सिङ वा बीएन वा नर्सिङमा स्नातकोत्तर गरेको ।
३. नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त गरी पछिल्लो दुई वर्ष कुनै मान्यता प्राप्त अस्पतालमा दुई वर्ष काम गरेको हुनुपर्ने । (सन् २०१९ भन्दा अघि काम गरेको अनुभवलाई मान्यता दिइने छैन) ।
४. निम्न मध्ये कुनै एक अंग्रेजी भाषामा प्रवीणता प्रमाणपत्र तह हुनुपर्ने
आइईएलटीएस को रिडिङ, लिस्निङ र स्पिकिङ स्कोर सात र राइटिङमा ६.५ ल्याएको । ओईटमा कम्तीमा बी ग्रेड रिडिङ, राइटिङ र लिस्निङ तथा सी प्लस ल्याएको ।
