गोरखा । सामुदायिक वन उपभोक्ता महासंघ गोरखाले आफ्नो २५ औं स्थापना दिवश मनाएको छ ।
स्थापना दिवशका अवसरमा महासंघले शनिबार साँझ हरमटारी स्थित कार्यालयमा दिपावली गरेको छ । स्थापना दिवशकै अवसरमा आइतबार बिहान महासंघले गोरखा अस्पताल स्थित १० जना बिरामीलाई जुस समेत वितरण गरेको अध्यक्ष कमल प्रसाद लामिछानेले जानकारी दिए ।
त्यस्तै अस्पताल क्षेत्रभित्र र महासंघमा आवद्ध सदस्यहरुले आ–आफ्नो घर वरपर वृक्षारोपण समेत गरेको अध्यक्ष लामिछाने बताए ।
कोरोना भाइरसको संक्रमणको जोखिम र लकडाउनलाई मध्यनजर गर्दै महासंघले औपचारिक कार्यक्रम भने आयोजना नगरेको उनको भनाई छ ।
