• शनिबार, साउन ९ २०८३

सीटीईभीटीले बढाएको शुल्क खारेज गर्न डा केसीको माग

चिकित्सा शिक्षा आयोगको परामर्शविना शुल्क बढाएकाे आराेप


मंगलबार, साउन २ २०८०
1.9K
Shares

काठमाडौं । सीटीईभीटीले बढाएको शुल्क खारेज गर्न डा गोविन्द केसीले माग गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै डा केसीले चिकित्सा शिक्षा आयोगको परामर्शविना सिटिईभीटीले यस्तो निर्णय गर्नु गलत र बदनियतपूर्ण रहेको भन्दै खारेज गर्न माग गरेका छन्।

सिटिइभीटीमा स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण यस्तो निर्णय भएको उनको भनाई छ।

विज्ञप्तीमा भनिएको छ  ‘नियुक्तिमा दलीय भागवण्डाको विरोध गर्दै पदाधिकारी नियुक्तिका मापदण्डसहितको कानुनी व्यवस्थाको माग गर्दै हामीले लामो संघर्ष गरेका छौं। नियुक्तिमा स्वार्थको द्वन्द्व रोक्ने व्यवस्थाको माग पनि हामीले लगातार गरिरहेका छौं। तर कुनै पनि सरकारले अहिलेसम्म दलसम्बद्ध माफियाहरुको स्वार्थभन्दा माथि उठेर काम गर्न सकेका छैनन्।’

साथै माग पूरा नभए कडा आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने केसीले चेतावनी दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार