• शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगारीका लागि एक बर्षमै बाहिरिए ८ लाख नेपाली, एक लाखबढी पढ्न गए


मंगलबार, साउन २ २०८०
3.2K
Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालबाट श्रमिक बाहिरिने क्रम हरेक बर्ष बढ्दै गएको तथ्यांकले देखाएको छ । देशभित्र प्रयाप्त रोजगारीको अवसर प्राप्त नहुँदा हरेक बर्ष वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम बढ्दै गएको हो ।

भरखरै सकिएको आर्थिक बर्ष २०७९/८० मा नेपालबाट श्रमस्विकृती लिएर मात्रै झण्डै ८ लाख नेपाली श्रमिक बिभिन्न देश पुगेका छन् । यो बर्ष नेपालबाट श्रम स्विकृती लिएर ७ लाख ७१ हजार ३२७ जना श्रमिक खाडी लगायतका मुलुकहरुमा पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यो तथ्यांक हालसम्मकै उच्च हो । वैदेशिक रोजगारीमा जानेको तथ्यांकमा आ.व. २०७९/८० ले नयाँ रेकर्ड कायम गरेको विभागका सुचना अधिकारी गुरुदत्त सुवेदीले बताए ।

उनका अनुसार यो तथ्यांक नयाँ र पुरानो (नविकरणा) श्रमस्विकृती लिएका श्रमिकको हो । त्यससंगै वैधानिक रुपमा वैदेशिक रोजगारीका लागि गएकाहरुको मात्रै तथ्यांक यसमा रहेको समेत उनले बताए । भारत लगायत तेस्रो मुलुकको बाटो हुदै रोजगारीमा गएकाको तथ्यांक यसमा नरहेको विभागले जनाएको छ ।

उनका अनुसार मलेसिया र खाडीका देश साउदी, कतार, यूएई, कुवेत बहराइन लगायतका देश जानेहरूको सङ्ख्या सबैभन्दा धेरै छ । यो सँगै गएको आर्थिक वर्षमा युरोपका देशमा रोजगारीका लागि जाने नेपालीको सङ्ख्या पनि उकालो लागेको छ ।

विभागसंग रहेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ६ लाख ३० हजार ९० जनाले वैदेशिक रोजगारीमा जान सरकारसँग श्रम स्वीकृति लिएका थिए । त्यस्तै २०७७/०७८ मा एक लाख ६६ हजार जनाले मात्रै श्रमस्विकृती लिएका थिए ।

श्रमस्विकृती नलिई जानेको संख्या पनि कम छैन

पछिल्लो समय कयौँ व्यक्तिहरू भिजिट लगायतका भिसामा श्रम स्वीकृति नै नलिई विभिन्न माध्यममार्फत वैदेशिक रोजगारीमा जाने क्रम पनि बढेको छ । सरकारले घरेलु काममा प्रतिबन्ध लगाएका खाडी लगायतका देशमा घरेलु काम गर्न नेपाली महिलाहरू भारतका विभिन्न सहरबाट पनि बिदेसिएका छन् । तर यसरी जानेको तथ्याङ्क कसैसँग छैन ।

यसका अलावा भारत रोजगारीमा कति नेपाली छन् भन्ने तथ्याङ्क पनि सरकारसँग छैन ।

गएको आर्थिक वर्ष २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म एक लाख १० हजार बढीले पढ्नका लागि विभिन्न देशमा जान ‘नो अब्जेक्सन लेटर’ लिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार