• शनिबार, साउन ९ २०८३

गण्डकी प्रदेशमा कोरोना संक्रमितकाे संख्या २४ पुग्याे, हेर्नुस् कुन जिल्लामा कति ?


आइतबार, जेष्ठ १८ २०७७
1K
Shares

गोरखा । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। 

योसँगै प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आइतवार स्याङ्जाका २ तथा तनहुँका १ जनामा संक्रमण पुष्टि भएको हो। 

स्याङ्जाको गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका २ जना तथा तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २८ वर्षका १ जना पुरुषमा आइतबार कोरोना संक्रमण देखिएको हो। 

गण्डकी प्रदेशको बाग्लुङ्गमा ८, स्याङ्गजामा ७, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ६ र म्याग्दी, तनहुँ र लमजुङमा १-१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ३ जना निको भइ घर फर्किसकेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार