गोरखा । हाल रहेको नेपाली सेनाको दरबन्दी घटाउनुपर्ने बिभिन्न साँसदहरुको अभिब्यक्तिलाई लिएर पूर्व सुरक्षाकर्मी परिषद नेपाल गोरखाले खेद प्रकट गरेको छ ।
परिषदले आज सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै साँसदहरुले खर्च कटौतीका नाममा सेनाको हालको दरबन्दी कटौती गर्न माग राखेको बिषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
परिषदका गोरखा अध्यक्ष हरि कुमार थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा साँसदहरुको अभिब्यक्तिप्रति खेद प्रकट गर्दै सम्बन्धितमा ध्यानाकर्षण भएको जनाएको छ । सो बिषयमा परिषदको केन्द्रिय कार्यालयले समेत असार २९ गते विज्ञप्ती जारी गरेर विरोध जनाएको परिषदका जिल्ला सचिव बद्री पोखरेलले बताए ।
केहि दिनअघि आर्थिक बर्ष २०८०/८१ को बजेटको छलफलका क्रममा प्रतिनिधी सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका साँसदहरु डा स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ तथा राष्ट्रिय सभा बैठकमा समेत नेकपा एमालेकी साँसद विमला राई पौडेलले हाल रहेको नेपाली सेनाको दरबन्दी कटौती गरेर राष्ट्रिय खर्च कम गर्नुपर्ने आसयको अभिब्यक्ति दिएका थिए ।
हाल नेपाली सेनाको दरबन्दी ८१ हजार २ सय रहेको छ।
