• शनिबार, साउन ९ २०८३

सुरु भयो वीर अस्पताल र ट्रमा सेन्टरमा ८ बजेदेखि ओपिडी सेवा


सोमबार, साउन १ २०८०
1.3K
Shares

काठमाडौँ । आजदेखि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा बहिरङ्ग (ओपिडी) सेवा बिहान ८ बजेदेखि सुरु भएको छ ।

यसअघि बिहान ९ बजेदेखि सञ्चालन हुँदै आएको ओपिडी सेवा गत असार २२ गते शुक्रबार राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) को परिषद् बैठकले १ साउनदेखि ओपीडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको थियो ।

बिरामीको चाप बिहान ८ देखि १२ बजेसम्म बढी चाप हुने भएकोले ८ बजेदेखि सेवा सञ्चालन गर्न लागिएको हो ।

प्रयोशाला, ओपीडी टिकट काउन्टर भने विहान ७ बजेनै खुलिसक्ने छन् ।

८ बजेदेखि ओपिडी सेवा ८ बजेदेखि सुरु गर्ने निर्णय भए संगै कर्मचारीहरु केहि असन्तुष्ट बनेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार