• आइतबार, साउन १० २०८३

पालिकाले लगायाे मदिरा र सुर्तीजन्य पदार्थ विक्री तथा सेवनमा प्रतिबन्ध


आइतबार, असार ३१ २०८०
1K
Shares

मकवानपुरका ३ स्थानीय तहले मादक पदार्थ र सुर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ । साउन १ गतेबाट मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकाले मादक पदार्थ तथा सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

स्थानीय तहहरूले गाउँ/नगरसभाबाट निर्णय गरेर पालिकाभित्र साउन १ गतेबाट मादक पदार्थ र सुर्तीजन्य पदार्थको जथाभाबी प्रयोग तथा  बेचबिखनमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

निर्णय अनुसार अब विद्यालय, सरकारी कार्यालय, अस्पताल लगायतका सार्वजनिक स्थानहरूमा मादक पदार्थ र सुर्तीजन्य पदार्थको बेचबिखन तथा प्रयोग पूर्ण रूपमा प्रतिबन्धित हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार