• शनिबार, साउन ९ २०८३

काठमाडाैंमा खुल्याे बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्यालय


आइतबार, असार ३१ २०८०
1.3K
Shares

काठमाडौँ- बूढीगण्डकी जलाशययुक्त आयोजना (१२ सय मेगावाट) को मुख्यालयको आज उद्घाटन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौँको बानेश्वरस्थित नागरिक लगानी काेषकाे पाँचाैँ तलामा ‘बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड’ को केन्द्रीय कार्यालय औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।

ऊर्जा मन्त्रालयले गत भदौ (२०७९ साल) १७ गते यो कम्पनीको दर्ता गरेको थियो ।

कम्पनीमा अर्थ मन्त्रालयको २५ प्रतिशत, ऊर्जा मन्त्रालयको ४० प्रतिशत, विद्युत् प्राधिकरणको १४ प्रतिशत, विद्युत् उत्पादन कम्पनीको एक प्रतिशत, स्थानीयवासी र सर्वसाधारणको १०, १०, १० प्रतिशत हुने गरी प्रबन्धपत्र, नियमावली बनाइएको छ ।

कम्पनीको चुक्ता पुँजी ६० अर्ब रुपैयाँ र जारी पुँजी २० अर्ब रुपैयाँको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार