• आइतबार, साउन १७ २०८३

अख्तियारमा पूर्वकर्मचारी नियुक्त गर्दा स्वार्थ बाझियो, यसलाई रोकौं: काँग्रेस नेता शिवाकोटी


आइतबार, असार ३१ २०८०
915
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तमा पूर्व कर्मचारी ल्याउँदा स्वार्थ बाझिएको भन्दै यसलाई रोक्नुपर्ने नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले बताएका छन् ।

सामाजिक सञ्जाल मार्फतले उनले अख्तियारमा पूर्व कर्मचारी नियुक्त गर्ने प्रचलनले पुरै स्वार्थ बाझिने गरेकाले रोक्नुपर्ने बताएका हुन् ।

‘राजनीतिक शक्ति केन्द्रहरूलाई प्रभावमा पारेर अख्तियारमा पुगेकाहरु त्यहाँ पुगेपछि आफू कर्मचारी हुँदाको हिसाबकिताब मिलाउन, फाइल दबाउन र सेटिङमा सम्पति कुम्ल्याउन मात्र लागेको एक पछि अर्को घटनाक्रमले देखाएको छ।’ शिवाकोटीले भनेका छन् ‘आफूलाई बोक्ने राजनीतिक शक्ति केन्द्रको इसारामा प्रयोग हुने, अकुत सम्पति कुम्ल्याउने, आफ्नालाई चोख्याउने गरेको समेत उनीहरुको विवादास्पद गतिविधीले देखाएको छ।’

त्यस्तै उनले अख्तियारकै पूर्व प्रमुख आयुक्त तथा आयुक्तहरु पनि जेल जाने अवस्था किन आउथ्यो ? भन्दै प्रश्न समेत गका छन् ।

स्वार्थ बाझिने जान्दाजान्दै अख्तियारमा पुर्याएर पूर्व कर्मचारीलाई अख्तियारकै दुरुपयोग गर्ने लाइसेन्स दिन बन्द गर्नुपर्ने उनको सुझाव छ ।

आफूलाई र आफ्नालाई बचाउने नाममा राजनीतिक संरक्षणमा हुने यस्ता सॉंठगाँठको भण्डाफोर गर्दै भ्रष्टाचारमुक्त समाज र सुशासनका लागि सबै दल एक ठाउँमा उभिनुपर्नेमा उनको जोड छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार