• शनिबार, साउन ९ २०८३

स्वास्थ्यमन्त्री बस्नेत बेलायतमा, समकक्षी मन्त्री स्टिभसंग भेट्ने


आइतबार, असार ३१ २०८०
1.1K
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत पुगेका छन् ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार उनी एक निजी भ्रमणका शिलशिलामा लण्डन पुगेका हुन् ।

शुक्रबार साँझ लन्डन आइपुगेका उनलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले लण्डन विमानस्थलमा स्वागत गरेका थिए ।

निजी भ्रमणमै आएका भए पनि मन्त्री बस्नेतले बेलायती स्वास्थ्यमन्त्री स्टिभ बार्कलेसँग भेट्ने र त्यहाँका केही अस्पतालहरूको भ्रमण गर्ने पनि कार्यक्रम छ ।

त्यस्तै, जनसम्पर्क समिति बेलायतले पनि उनको सम्मानमा आइतबार बेलुका अल्डरसटमा एक स्वागत कार्यक्रम गर्ने भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार