• शनिबार, साउन ९ २०८३

काठमाडौँ महानगरपालिकाले आह्वान गर्याे कक्षा ११ का लागि छात्रवृत्ति परीक्षाको आवेदन


बिहिबार, असार २८ २०८०
1.2K
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाकोलागि आवेदन खुला गरेको छ ।

महानगरले आज एक सुचना जारी गर्दै शैक्षिक सत्र २०८० ८१ मा काठमाडौँ महानगरपालिका भित्रका संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले छनोट परीक्षाका लागि छात्रवृत्ति परीक्षाकोलागि आवेदन खुला गरेको हो ।

छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आज असार २८ गते देखि साउन १२ गतेसम्म महानगरको वेबसाइट वा entrance.katmmandu.gov.np मा आवेदन पेश गर्नुपर्नेछ ।

छनोट परीक्षा साउन २० गते विहान ११ बजेदेखि शुरु हुनेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने महानगरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार