• आइतबार, साउन १० २०८३

दक्षिण कोरियाले भक्तपुरमा अस्पताल सहितको परियोजनाका लागि ९.५ मिलियन अमेरिकी डलर सहयोग


बुधबार, असार २७ २०८०
1K
Shares

काठमाडौँ । दक्षिण कोरियाले भक्तपुरको थिमीमा १५० शय्याको अस्पताल सहितको परियोजनाका लागि ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदूतावासबीच गरिब जनताका लागि स्वास्थ्य पहुँच पुर्याउने गरी १५० शय्याको अस्पताल बनाउन र विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि का लागि ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा सोमबार अर्थ मन्त्रालयको तर्फबाट अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र नेपाल स्थित कोरियाली राजदूत पार्क ते–योङले हस्ताक्षर गरे ।

नेपालका लागि कोरियाली राजदूत पार्क ते–याङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने बताए । उनले परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोगको अपेक्षा रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार