काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त गरी नवीकरण नगरेका क्याम्पसलाई कारबाही गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालय, योजना निर्देशनालयले बुधबार १७५ वटा नवीकरण नगर्ने क्याम्पसहरुको नामावली सार्वजनिक गर्दै नवीकरणको लागि पटक पटक सूचित गर्दा पनि नवीकरण नगरेकोले कारबाही गर्ने निर्णय गरेको जनाएको छ ।
विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक(पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ ।
विश्वविद्यालयले कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
नवीकरण नगर्ने कलेजको नामावलीका लागि यहाँ TU Campus list क्लिक गर्नुहाेस् ।