• मंगलबार, भाद्र २ २०८३

एकिकरणले दियाे गण्डकीका चेपाङ र दलित समुदायलाई खाद्यान्न


आइतबार, जेष्ठ १८ २०७७
1.1K
Shares

गोरखा । एकिकरण नेपाल गोरखाले गण्डकी गाउँपालिकाका चेपाङ र दलित समुदायलाई खाद्यान्न सहयोग गरेको छ ।

लकडाउनका कारण दैनिक जिविकामा समस्या परेको भन्दै वडा नम्बर २ का चेपाङ र दलित समुदाय गरी ५० घरपरिवारलाई एकिकरणले अत्यावस्यक खाद्यान्न सहयोग गरेको हो ।

डिसिए नामक अन्तराष्टिय गैरसरकारी स‌ंस्थाकाे सहयाेगमा शिक्षा, स्वास्थ्य तथा सरसफाई, जिविकोपार्जन लगायतका क्षेत्रमा साहस परियोजना मार्फत सो गाउँपालिकामा बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको एकिकरणले शुक्रबार गाउँमै पुगेर सामाजिक दुरी कायम गर्दै उनिहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरेको परियोजना संयोजक चन्द्र देवकोटाले जानकारी दिए ।

आर्थिक रुपमा विपन्न ५० परिवार छनौट गरी प्रतिपरिवार ३० किलो चामल, ३ केजी दाल, २ केजी चिनी, २ लिटर तोरीको तेल, २ केजी नुन र २ सय ग्राम चियापत्ति हस्तान्तरण गरिएको संयोजक देवकोटाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार