काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ ।
आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा ८ः३३ बजे उनको निधन भएको हो ।
अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ (हृदयाघात) भएको जनाएको छ ।
सीता दाहाल लामो समयदेखि दुर्लभ रोग पी.एस.पी बाट पिडित थिइन् ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो ।