• शनिबार, साउन ९ २०८३

विद्यालय कर्मचारीको सरकारसंग ५ बुँदे सहमति, आन्दोलन स्थगित


मंगलबार, असार २६ २०८०
1K
Shares

काठमाडौँ । विद्यालय कर्मचारीको सरकारसंग ५ बुदे सहमति भएको छ । सहमति सँगै आन्दोलनरत विद्यालय कर्मचारीहरूको आन्दोलन स्थगित गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय कर्मचारीले उठान गरेका मागहरू सम्बोधन गर्न सहमति गरेको नेपाल विद्यालय कर्मचारी परिषद्ले जनाएको छ । सहमति अनुसार माग पुरा गराउन अर्थ मन्त्रालयलाई लेखी पठाउने समेत निर्णय गरिएको छ ।

सहमति अनुसार विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई संघीय शिक्षा ऐनमा समावेश गरिने भएको छ ।

विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले ऐन निर्माणका लागि सरकारले संघीय संसद्को यही अधिवेशनमा पेश गर्ने र ऐनमै तलबमान उल्लेख गर्ने सहमति भएको बताए ।

तलबमान तय गर्दा लेखापाललाई खरिदार सरह र कार्यालय सहायकलाई श्रेणीविहीन सरहको सुविधा उल्लेख गर्ने सहमति भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार