• शनिबार, साउन ९ २०८३

१६ हजार रुपैयाँ घुस सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक पक्राउ


मंगलबार, असार २६ २०८०
1.1K
Shares

काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाण्डाैकाे सिद्धिगणेश माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित कागेश्वरी मनोहरा न.पा. वडा नं. १, गागलफेदी बसपार्कबाट पक्राउ गरेकाे छ ।

आयाेगले आज एक विज्ञप्ति जारी गर्दै अख्तियारकाे  टाेलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीमा रहेकाे सिद्धिगणेश माविका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई १६ हजार रुपैयाँ घुस लिँदै गर्दा मङ्गलवार पक्राउ गरेको जानकारी दिएकाे छ ।

पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको विज्ञप्तिमा जनाइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार