काठमाडौँ । वैदेशिक रोजगारीका लागि जोर्डन जान लागेका १५ जनालाई फर्काएको विषयमा अध्यागमन विभागले गल्ति स्विकार गरेको छ ।
एससीसी मेनपावर कम्पनीमार्फत जोर्डन जान लागेका उनिहरुलाइ असार २४ गते वर्किङ भिसा र भिसा रिभ्यूका लागि अनुरोध मात्र गरिएको भन्दै अध्यागमनले फर्काएको थियो ।
आवश्यक सबै कागजात पेश गर्दा पनि अध्यागमनले फर्काइदिएको भन्दै पिडीतहरु क्षतिपूर्ति माग गरेका थिए । अध्यागमनमा रहेको ड्युटी अफिसरबाट गल्ती भएको विभागले स्वीकार गरेपनि क्षतिपूर्ति दिन भने अस्वीकार गरेको छ ।
कार्यक्षेत्रभित्र नपर्ने भन्दै विभागले क्षतिपूर्ति दिन अस्वीकार गरेको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा भएको छलफल विभागका महानिर्देशक झलकराम अधिकारीले यात्रा गर्ने क्रममा प्रमाणको भार (बर्डेन अफ प्रुफ) आफुसँगै हुनुपर्ने र कन्सुलर अफिसर र अध्यागमन अधिकृतले गरेको निर्णयमा क्षतिपूर्ति नपाइने बताए ।
श्रमिकहरू वैदेशिक रोजगारीका लागि जोर्डन जान पाउने भएसगै अब मेनपावर व्यवसायीले उनीहरूले आफ्नै खर्चमा टिकट काटेर जोर्डन पठाउन लागेको छ ।