काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र अनुमति नलिइ अब छात्राबास (होस्टेल) सञ्चालन गर्न नपाइने भएको छ ।
महानगरपािलकाले छात्राबास सञ्चालन सम्बन्धी मापदण्ड २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो । छात्राबास (होस्टेल) लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्राबासमा बस्ने विद्यार्थीहरु र सञ्चालकको अधिकतम हित गराउन मापदण्ड जारी गरेकाे जनाएकाे छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (ज) र दफा १०२ को (२) लाई आधार मानेर काठमाडौँ महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड जारी गरिएको हो ।
छात्राबास (होस्टेल) सञ्चालन गर्न ताेिकएकाे दर्ता प्रर्क्रिया पुरा गरे पश्चात स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँचपछि महानगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ ।
मापदण्डमा छात्राबास राख्ने भवनको नक्सा पास प्रमाण पत्र, सञ्चालन गर्न कार्ययोजना, न्युनतम भाैतिक पूर्वाधार, सरसफाइ, आगलागी जस्ता सम्भावित विपद व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसर लगायतका सामग्री तथा उपकरण, प्राथमिक उपचारको सामग्री हुनुपर्ने छ ।
कोठाहरु फराकिलाे, खुल्ला र पर्याप्त प्रकाश हुनुपर्छ । हावा दोहोरो आउने जाने हुनुपर्छ । कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सीसीटिभी क्यामरा जडान गर्नुपर्छ ।
छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुनु नहुने ।
सेवा सुविधा, जिम्मेवारी तथा कर्तव्य, अनुशासन, गोपनीयता, आचारसंहिता सम्बन्धी नियम आन्तरिकरुपमा बनाइ लागु गर्न सक्ने छन् । अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने भएकोले सञ्चालककाे उमेर ३० बर्ष पूरा भएको हुनुपर्नेछ ।
छात्रावासभित्र मदिराजन्य, लागू पदार्थ, सूर्तिजन्य पदार्थ ओसारपसार, विक्री वितरण र प्रयोग गर्न पाइँदैन ।