काठमाडौं । आज विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर लाम्जुरापास नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएकाे छ । हेलिकप्टरमा पाइलट सहित ६ जना सवार थिए ।
मंगलबार विहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा क्षेत्रबाट सम्पर्कविहीन भएकाे थियो ।
लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएकाे छ ।
विमानमा क्याप्टेन सीबी गुरुङ र ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए । यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस रहेकाे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल, नागरिक उडड्यन कार्यालयले जनएकाे छ ।
खराब मौसमका कारण उद्दारको काम गर्न कठिनाइ भएको र उद्दारका लागि दुइ वटा हेलिकप्टर परिचालन गरिएको जानकारी नागरिक उडड्यन कार्यालयले दिएकाे छ ।
