• शनिबार, साउन ९ २०८३

वीरेन्द्र जैसीले तोडे अनशन


सोमबार, असार २५ २०८०
1.2K
Shares

काठमाडौं । कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका र उपचार तथा क्षतिपूर्तिका लागि तीन हप्तादेखि अनशनरत वीरेन्द्र जैसीको अनशन तोडेका छन् ।

आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुस खुवाएर अनशन तोडाएका हुन् ।

बन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका जैसीलाई २०७३ फागुन १ मा कोखामा प्रहरीको गोली लागि घाइते भएका थिए ।

उपचारमा सरकारले कुनै सहयोग नगरेको र क्षतिपूर्तिको माग गर्दै तीन हप्तादेखि जैसी अनशनरत थिए ।

माइतीघरमा अनशन सुरु गरेका उनको स्वास्थ्य जटिल भएपछि उनलाइ वीर अस्पतालमा भर्ना गरिएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने बताए सगै अनसन तोडेका हुन् ।

उनको थप उपचार वीरेन्द्र प्रहरी अस्पतालमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार