• शनिबार, साउन ९ २०८३

माल्टा पठाइदिन्छु भन्दै रकम असुल्ने गोरखाकी एक महिला पक्राउ


सोमबार, असार २५ २०८०
1.9K
Shares

काठमाडौ । माल्टा पठाइदिन्छु भन्दै रकम असुलेको आरोपमा गोरखाकी एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्‍ने २९ वर्षीया सुष्मा तामाङ रहेकी छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

तामाङले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्‍दै पटक(पटक गरी ५ लाख ८५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार